जापान

जापानमा नेपाली : एक हप्तामा दुइ नेपाली युवाको निधन

वैदेशिक रोजगारीमा जापानमा आएका दुइ नेपाली युवाको केहि दिनको फरकमा भएको छ । केहि दिन अघि जापानको गुन्न्मा केनको मायाबासीमा बस्दै आएका लम्जुङ्गका करिब ३५ बर्षीय झलक गुरुङ सुतेकै अबस्थामा मृत फेला परेका थिए । अन्य पारिवारिक जानकारी धेरै नभए पनि उनको हृदयघातका कारण मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

त्यस्तै साइतामामा बस्दै आएका नवलपरासीका करिब चालिस बर्षीय रमेश पाण्डेको पनि निधन भएको छ । उनको निधन भने केहि दिन अघि नै भएको आशंका गरिएको छ । किनभने उनको कोठाबाट गन्ध आएपछि छिमेकीले प्रहरीलाइ खवर गरेका थिए । प्रहरीका अनुसार उनको सब गन्हाएको, ढोका भित्रबाट लक गरेको अवस्थामा फेला परेको थियो ।

पाण्डे दम्पति एक महिना अघि मात्र नेपाल बाट फर्केका थिए भने श्रीमती उनि संग नबस्ने गरेको आफन्तले बताए । हाल उनीहरुको शव थप अनुसन्धान र पोस्टमार्टमको लागी लगिएको छ एनआरएनए जापानले जनाएको छ ।

जापानमा सस्तो मासिक बिल आउने सिम र होम वाईफाईका लागी सम्झनु होस ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.