राजनीति

डा देवकोटाबाट राष्ट्रियसभा सदस्यको शपथ

राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उहाँलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गर्नुभयो ।

समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतम लगायतले उहाँको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उहाँ निर्वाचित हुनुभएको थियो ।

तत्कालीन गृहमन्त्री एवं नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button