सिंगापुरमा मे ३१ देखि जुन ८ तारिखसम्म हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले एक कार्यक्रम आयोजना गर्दै एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा मलेसिया र चीन रहेका छन् भने समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेको छ । जुन ८ सम्म चल्ने छनोटमा समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुनेछन् । नेपालले पहिलो खेल मे ३१ तारिख चीनसँग खेल्दै छनोट प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहित पौडेल, लोकेश बम, नन्दन यादव, करण केसी, कुशल भुर्तेल, सन्दीप जोरा, सन्दीप लामिछाने, आरिफ शेख, शाहब आलम, आसिफ शेख, कुशल मल्ल, शेर मल्ल र सोमपाल कामी रहेका छन् ।




प्रतिक्रिया राख्नुहोस्