बिचार

बजेटको प्राथमिकतामा : स्वास्थ्य र समृद्धि

नेपाल सरकारले संसद नभएको अवस्थामा पनि तोकिएकै समयमा बजेट ल्याएको छ । स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर, शिक्षामा बिशेष जोड दिदै साना र मझौला व्यापारीलाई पनि उत्साह दिने, सामाजिक सुरक्षालाइ पनि राम्रो संग समेटेर समाजवाद उन्मुख बजेट बिकासोन्मुख देशले यस्तो प्याण्डेमिक स्थितीमा ल्याउने आँट र हिम्मत नेपाल सरकारले गरेको छ यो उत्कृष्ट छ । अरू मुलुकहरूलाई पनि हौसला दिने खालको छ यो कदम । भनिन्छ “आँटेर हेर्नु म पुर्याउछु “ हाम्रै नेपाली भनाइ हो यो । उच्च इच्छाशक्ति भएको बजेट ल्याउने सम्माननीय प्रधानमन्त्री र टिमलाई बिशेष धन्यबाद दिनै पर्छ ।

हरेक कुरामा पनि बिरोध गर्नैपर्ने चलन पनि हाम्रै नेपाली मौलिकताको छ । समाजमा समस्या धेरै जानेर पनि हुन्छ र जान्दै नजानेर पनि हुन्छ । ज्ञान ठिक्क आफुलाई चाहिने माटो सुहाउदो हुनुपर्छ र व्यबाहारीक तरिकाले बिरोध र समर्थन गर्न सकिन्छ । एउटै बिषयमा कसैले १००% ठिक त कसैले १००% गलत भन्ने जुन सोच छ यो नै गलत छ । आजका दिनसम्म हाम्रो मानव समाजमा कुनैपनि कुरा पुरै ठिक र पुरै गलत छैन । परिस्थिती र परिघट्नाक्रमले मात्र औचित्य निर्धारण गर्ने हो र गलत सपार्दै झन-झन् राम्रो गर्दै बिकसित हुने हो ।



हुनत सामान्य वेलामा पनि बजेट ऋणमै बनाउने हो । राज्यले ऋण लिएर राज्यमै लगानी गर्ने हो । झन यो आपतबिपतको बजेट हो यसमा योजना राखिएका छन् जसले आजको समस्या देखि भोलिको सम्बृ्द्धिसम्म समेटिएका छन् । कोभिड महामारीबाट जनतालाई जोगाएर जतिसक्यो छिटो आर्थिक पुनरूत्थान नै बजेटको प्रमुख उद्देश्य रहेको महसुस गरेको छु । नसुनिकन गरेको महसुस हैन, दुइपट पुरै सुने पछिको महसुस हो यो ।

बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको ठूलो ऋणभार जनतालाई थपियो भन्ने कुरा आएको छ । म ठुलो अर्थशास्त्र त बुझ्दिन तर सानो अर्थशात्रको लजिक भने ब्यबाहारीक तरिकाले बुझ्दछु । शंकटको बेलामा हुने घाटा परीपुर्ति गर्न “ नियमित बिउ छरेर त नियमित उत्पादन हुने हो । तर घाटाको पनि परिपुर्ति गर्न ऋण लिएर भएपनि नियमित छर्ने बिउ भन्दा ठूलो आकारमा नछरिए सधै संकटमानेर आधापेटले सन्तोस गर्नुपर्छ “। हिम्मत गरेर सुझवुझ सहितको आर्थिक योजना बनाए अवस्य बिकसित हुदै जाने अबसर हुन्छ ।

एउटा कुरा सत्य के हो भने हरेक कुरामा निरन्तर सफलता पाउन “ व्यालेन्सको “ आवस्यक पर्दछ । खर्च र आम्दानीको पारदर्शी ग्राफको मनिटर गरिरहनु पर्छ । क्षणिक सफलला, श्रोत नदेखिएको उन्नति समाजका लागि कुनै उदाहरणीय सफलता हैनन् । एकाध व्यक्तिका सफलता हुन । पारदर्शिता सहितको उन्नति समाजको लागि प्रेरणादायिक हुन्छन । यस अर्थमा एक यूवाले सर्टिफिकेट राखेर ऋण पाउने अवसर अत्यन्तै राम्रो छ । जो संग भिजन, मिसन, हिम्मत छ त्यस्ता हिम्मत हुने यूवाहरूको लागि अवसर हो ।

यस्ता यूवाहरू देशमा बढ्दै जाने हो भने देशका नयाँ-नयाँ यूवाहरूलाई प्रेरणापनि मिल्दछ । “साईकल चड्न सकिएको छैन तर जहाज चड्ने कुरा सुन्दा अल्मलिदै आहा भन्ने मात्रै भइन्छ” । पहिलो स्टेप कसरी सुरूभयो र आज कसरी सफलता प्राप्त गरेका छन त्यस्ता व्यवसायीहरू अर्थ समाजका लागि प्रेरणादायक हुन्छन् । अर्थतन्त्रको विकास गर्न अवस्य पनि सबै खाले ब्यवसायीको पनि उतिकै महत्वपूर्ण भुमिका हुन्छ । राजस्व उठाउन, भ्रष्टचार रोक्न सरकार र यसका संयन्त्र बलियो वन्नुपर्दछ । गरिवी या बिकासोन्मुख देशहरूमा प्राय सरकारी संयन्त्र कमजोर छन । भ्रस्टचार एउटा गर्छ दोष बिना प्रमाण अन्त थोपरीने घट्नाहरूपनि हुन्छन् । साच्चैको भ्रष्ट मोजगरेर बसेको हुन्छ । जवसम्म कानुन, संयन्त्र ,निष्पक्ष रहदैन तवसम्म देशको बिकासमा अबरोध आईरहन्छ । सरकार शसक्त हुनुपर्दछ ।

बजेट लोकप्रियतावादी, वितरणमुखी, ‘फोकस-हीन’, अत्यधिक ऋणभारयुक्त छ भनिनु यो सामान्य बिरोधको लागि बिरोध हो ।
तर भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धी, बजेटले तोकिएका लक्ष्यहरू हासिल गर्न भने सबै इमान्दार र अनुशासित भएर लाग्नु पर्छ । भ्रष्टाचार न्यूनिकरण गरेर राज्यको क्षमता अभिवृद्धी गरेर ऋणभार घटाउदै जानु पर्छ । समृद्धिको लगि सब एक भएर लाग्नु पर्छ त्यसलाई सबैले सहयोग गर्नुपर्छ । भ्रष्टचार गर्न दिने अबसर आफैबाट रोक्नुपर्छ, तोडफोड, जुलुस, जनमानस जम्मा गरेर अनाबस्यक राजनीतिक मोर्चामा उभिन छोड्नु पर्छ । निर्माणमा लाग्नु पर्छ । नलाग्नेहरूले कमसेकम भत्काउने काम रोक्नुपर्छ । लोकप्रियतावादी र वितरणमुखी भयो भनेर सुरूबाटै सराप्नुको अर्थ छैन । बरु कसरी कार्यन्वयन गर्ने तर्फ सहयोग गर्नुपर्छ । कमजोर पक्ष रहे भेटिएबरु त्यतिखेर प्रश्न उठाउदै झन राम्रो बजेट कार्यक्रम अर्को आर्थिक बर्षमा ल्याउने तिर लाग्नुपर्छ । यसरी प्रतिस्पर्धा गर्ने पाईने भनेको यहि लोकतन्त्रमा मात्रै हो । लोकतन्त्र स्थापना गर्न योगदान गर्नुहुने सम्पुर्ण योद्धाहरू धन्यबादका पात्र हुनुहुन्छ ।

आज पनि मलाई मेरो दाइको सम्झना आएको छ । विकासको एजेण्डालाई प्रमुख स्थानमा राखेर सबैसंग सन्तुलित सम्वन्ध राख्नसक्ने नेता क रविन्द्र अधिकारी लाइ सरकारले सम्झेर सम्मान गरेकोमा हार्दिक धन्यबाद भन्न चाहान्छु । सरकारले आगामी आर्थिक वर्षमा विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड विनियोजन गरेको छ र उक्त सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी विमानस्थल राखिने निर्णय गरेको छ । सबै शुभचिन्तकको चाहाना पोखरा विमानस्थल तिर थियो र त्यहि भएहुन्थ्यो भन्ने छ , मेरो पनि चाहाना पनि यहि थियो । तर पनि यसमा मन सानो गर्नुपर्ने कारण छैन । सरकारले सम्मान गरेको छ । क रविन्द्र अधिकारी पुरैदेशको समृद्धिको अभियानमा दौडने क्रममा दु:खद दुर्घट्नाबाट हामीबाट टाढा हुनुभएपनि हामीसबैको मनमनमा सधै अमर रहुनुहुनेछ ।

दिपेन्द्र अधिकारी जापानमा रहेर समसामयिक बिषयमा कलम चलाउनु हुन्छ ।

लेखक बाट थप :
कोरोना भाइरस- सोच्ने तरीका र समयको सदुपयोग गर्ने कुराहरूमा आएको परिवर्तन

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button