बिचार

कर्नालीको कुर्सीमा ‘छेपारे’ राजनीति

ल है माओवादी साथीहरु ! संघीय राजधानीयाँ प्रचण्ड र वलीबीच कुन प्रदेशाँ कल्ले मुख्यमन्त्री पाउने भन्ने विषया रस्साकस्सी चल्या छ । तपाईहरु कर्नालियाँ जोड गर्नोस् । तपाईं कर्नालीका सभासदहरुले नि अड्डी कसिरहनु भो भने कर्नालियाँ मुख्यमन्त्री तपाईँहरले पाउन सक्नुहुन्छ ।

सत्ताको भागबण्डाको हिसाब भैरा बेलाँ कर्नालीका माओवादीहरु काँग्रेससितै मिलेर सरकार बनाउँछम् भनेर खिचातानी गरिराको सम्चार वलीकाँ पुग्यो भने ल त ल कर्नालियाँ माओवादी कै सरकार होस् भनेर वली बाले मान्दे भने त भै त गो त ! यता एमालेहरले नि साथ देकै छन् ।

विहिबार हुनुपर्ने अविश्वास प्रस्तावमाथिको छलफल शनिबारदेखि मात्रै हुँदैछ । अनि कर्नाली प्रदेशाँ त यसअघि एमालेले सत्ता चलाईसक्या हुनाले अब सत्ता चलाउने पालो हाम्रो हो भनेर माओवादीहरले अडान लिन सके भने कर्नालीको सरकारको चिट्ठा माओवादीलाई पर्छ है ।

त्यसैले साथीहरु ! अन्तिम धक्का लाउनोस् सरकार बनाउनोस्, २०८३/०८४ को बजेटाँ मनग्गे खेल्नोस् । त्यसपछि यो देशाँ कमिनिष्टहरुको शासन कैल्यै आउने छैन । के भन्न सकिन्छ र अरुले ५ वर्षाँ नकमाको पैशा तपाईंहरले एकै वर्षाँ कमाउन नि सक्नुहुन्छ नि ।

आखिर जति जे दर्शन झारेनि अन्तिम लक्ष्य भन्या पैसा कमाउने त हो । पैसा कमाउने मामिलाँ माओवादीलाई भेट्टाउन कल्ले सक्छ र ? व्यापारी, व्यवसायी, ठेक्दार, दलाल, गुण्डा जति माओवादीकै पकडाँ छन् । आबको शुरुदेखि नै यिनलाई चलायमान बनाएर प्रदेश र संघको बजेटाँ खाईखेली गर्ने ब्यवस्था मिलाउन सकियो भने बीस प्रतिशतको काम गरेनि ८० प्रतिशत त त्यसै झिकिकटक गर्न सकिन्छ नि हैन र ?

पाटी एकिकरण गर्नु पूर्व नै सरकार बनाउन सक्नुभो भने मात्रै हो नि यो सम्भावना अन्यथा पाटी एकीकरण पैला, सरकार बनाउने काम पछि भो भने त वलीबाले तपाईंहरु सबैलाई एमालेमै गनेर आफ्ना पुराना एमालेहरलाई मात्रै सरकाराँ पठाउँछन अनि तपाईँहरु हेर्या हेर्यै हो ।

त्यसैले यो अवसर गुमाउने काम नगरम् यो पटक मन्त्री बन्न सक्नु भएन भने एमालेको त्यति ठूलो जमाताँ गएर मन्त्री बन्न सक्नु हुन्छ ? अहँ ! सक्नु हुन्न । माँवादीबाट अवसर लिने समय भन्या यत्ति हो । यदि अवसर लिन सक्नुभएन भने यसपछि त तपाईंहरु माओवादी नै रहनु हुन्न त अनि काँट अवसर लिनु हुन्छ ?

कर्नाली प्रदेश भन्या त माओवादीकै आधार शिविर हो नि त हिजोका दिनाँ माओवादीलाई खुट्टा टेकाको पनि त यै प्रदेशले हो । त्यै भएर त सबैभन्दा धेरै माओवादीका र पाटीको बलियो संगठन भाको नि कर्नाली त हो ।

यसरी संख्यात्मक रुपाँ आँफू बलियो भा बेलाँ नि सरकार चलाउन पाइएन र आफ्ना नेता पनि सत्ताको चावी अर्कैको जिम्मा लाउन खोज्छन भने ती नेता पनि त स्वार्थी नै त ठहरियलान नि हैन र ?

सरकार आए नि नआए नि “आफ्नो हाताँ भुटेभाङ पोले पिंडालु” भन्याझैँ केई हात नपर्ने भएछि जाजरकोटका शक्ति बस्नेत र काठमाडौंका नारायनकाजी त खबरदार सरकाराँ जान हतार नगर भनेर भन्दैछन् ।

तर, कार्यकर्ताले कतै बदमासी गरिहाल्छन कि त बिच्काउन भएन भनेर कर्नालीकाले जे जे बोले नि प्रचण्ड भने चुप्प लाएर केई नबोली बस्याछन् ।

के भर ! अघिल्लो पटक पाटी एकिकरण गरेर धोका देका वलीले यो चोटी नि धोका दिए भने फेरि काँग्रेसलाई धौ फकाउनु हुन्छ भनेर बिरालाले कुँढेको दूध रुँगेझैँ रुँगेर बस्या छन् प्रचण्ड ।

त्यसैले जे छ प्रचण्डकै हाताँ छ माओवादीहरले कर्नालियाँ सत्ता पाउने कुराँ ढुक्क भएर त बस्या छन् तर आफ्नो नेताको छेपारे बानीले उत्तानो परिने हो कि भन्ने त्रास पनि त्यत्तिकै छ बिचराहरलाई !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.