स्वास्थ्य
चार हजार संक्रमित थपिंदा छ हजारभन्दा बढी संक्रमणमुक्त
नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गएको भने निको हुने संक्रमितको संख्या बढिरहेको छ । आइतबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २ सय ५ रह्यो भने ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भयो ।

यसै गरी संक्रमणका कारण मृत्यु हुनेको संख्यामा पनि निकै कमी आएको छ । दैनिक २ सयको हाराहारीमा मृत्यु हुन गरेकोमा आइतबार १ सय ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय ८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जना गरी ४ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया राख्नुहोस्