क्रिकेटखेल

पञ्जाब किंग्सलाई आठ विकेटले पराजित गर्दै बेङ्लुरु आइपिएलको फाइनलमा

रोयल च्यालेन्जर्स बेङ्लुरुको इन्डियन प्रियिमर लिग (आइपिएल)को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई आठ विकेटले पराजित गर्दै बेङ्लुरु फाइनलमा प्रवेश गरेको हो ।

बेङ्लुरु आइपिएलको फाइनलमा

मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १४.१ ओभरमा एस सय १ रनमा अल आउट भएको थियो । पञ्जाबका लागि मार्कस स्टोइनिसले २८ रन बनाए भने प्रभसिम्रन सिंह र अज्मतुल्लाह ओमरजाईले समान १८-१८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बेङ्लुरुका लागि जोश हेजलउड र सुयश शर्माले समान तीन-तीन विकेट लिए भने यश दयालले दुई विकेट लिँदा भुवनेश्वर कुमार र रोमारियो शेफर्डको भागमा समान एक-एक विकेट रह्यो । पञ्जाबले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य बेङ्लुरुले १० ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो ।

बेङ्लुरुका लागि फिल साल्टले २७ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित रहँदै ५६ रनको अर्धशतकीय पारी खेले भने मयंक अग्रवालले १९ रन बनाए । यस्तै कप्तान राजत पाटिदारले १५ रनमा अविजित रहँदा विराट कोहलीले १२ रन बनाए । पञ्जाबका लागि कायल जिमिसन र मुसिर खानले समान एक-एक विकेट लिए ।

जितसँगै बेङ्लुरु नौ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । टोलीले पछिल्लो पटक सन् २०१६ को फाइनल खेलेको थियो । पञ्जाबले अब गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबचि हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटर खेल आज राति ७:४५ बजे हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.