जल/वातावरण

तीन हजार मिटरभन्दा माथीको बस्तीका मानिसलाई कोरोना संक्रमणको खतरा कम

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका बारेमा भएको पछिल्लो अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेको छ । सो अध्ययन अनुसार उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई संक्रमणको प्रकोप कम हुन्छ ।

अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सार्वजनिक गरेका अध्ययनको समाचार अनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो ।

उक्त समाचारअनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले सो अनुसन्धान गरेका हुन् । उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो ।

तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा तीन गुणाले कमी पाइएको छ । उनीहरुले मार्च २३ देखि अप्रिल ३ सम्मका समुद्री सतहबाट कम उचाइमा रहेका सहरहरु र तिब्बत तथा यस्तै उच्च पहाडी इलाकाका सहरका ४ लाख २० हजार स्थानीय नागरिकसँगको अन्तरवार्ताबाट यो तथ्य पत्ता लगाएका हुन् ।

यो अध्ययनको निष्कर्षलाई मान्ने हो भने नेपालमा भारतबाट कोरोना संक्रमित भएर आएका मध्य तथा सुदूरपश्चिमका युवाहरु गाउँ पुगे पनि स्थानीयमा संक्रमण फैलिएको छैन । काठमाडौं उपत्यकामा पनि विदेश तथा बाहिरी जिल्लाबाट संक्रमित भएर आएका बाहेक स्थानीयमा संक्रमण दर अति न्यूत रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.