जन सरोकार

असार १ गतेदेखि यसरी पढाउनुपर्नेछ विद्यार्थीलाई (सरकारको निर्देशिकासहित)

विद्यालयहरु कहिलेदेखि खुल्ने भन्ने यक्किन नभएपछि सरकारले विद्यालयस्तरका विद्यार्थीहरुको पठनपाठनका लागि निर्देशिका जारी गरेको छ । असार १ गतेदेखि घरमै रहेका विद्यार्थीको पठनपाठनका लागि सो निर्देशिका जारी गरिएको हो ।

विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय नभएकाले असार १ गतेबाट निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध गरिएको छ ।

शिक्षा मन्त्रालयले आइतबार ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ स्वीकृत गरी सार्वजनिक गरेको छ । निर्देशिकापछि अनलाइन कक्षाका नाममा आर्थिक भार थोपर्ने कतिपय विद्यालयहरुको योजना तुहिएको छ ।

निर्देशिकामा इन्टरनेट, रेडियो, टिभी, अनलाइन तथा अफलाइनबाट पठनपाठन गर्न सकिन्छ । यो निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले प्रयोग गर्नुपर्नेछ ।

निर्देशिकाका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.