राजनीति

अमेरिका-नेपाल साझेदारी विस्तारमा जोड

संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिनुभएको छ ।

सोमबार सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले ५५ करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमससी) कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यसमार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्ष एक लाख १२ हजार अमेरिकी पर्यटक नेपाल भ्रमणमा आएका जानकारी दिँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारका रूपमा चित्रण गर्नुभयो ।

नेपालमा नवप्रवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उहाँले लगानी, व्यवसाय सञ्चालन र नवप्रवर्तनका लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालका अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुुभयो ।

उहाँले नेपालको सार्वभौमसत्ता, आर्थिक वृद्धि तथा साझा समृद्धिलाई सहयोग गर्न नेपाल सरकार र नेपाली जनतासँगको साझेदारी अझ मजबुत बनाउन अमेरिका प्रतिबद्ध रहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री शिशिर खनाल तथा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाभेट गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तारलगायत विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो।

आइतबार यहाँ भएको ‘एसेन्ट समिट’ मा मुख्य वक्ताका रूपमा आफ्ना विचार प्रस्तुत गर्न पाउँदा आफ्ना लागि अवसरमा भएको बताउँदै उहाँले उक्त कार्यक्रममा नेपाली तथा अमेरिकी कम्पनी, पर्वतारोही र नवप्रवर्तकहरूले हिमालय क्षेत्रमा साहसिक पर्यटन र प्रविधिको भविष्यबारे छलफल भएको जानकारी दिनुभयो ।

उपविदेशमन्त्री रोजर्सले पाटन दरबार क्षेत्रको भ्रमण गरेर त्यहाँ रहेका सम्पदाको अभिरुचिपूर्वक अवलोकन पनि गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.