राजनीति

सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत

भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको छ ।

सभापति लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार देखि पाँचदिने भारत भ्रमणमा जानुभएको हो । भ्रमणका क्रममा अध्यक्ष लमिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नुहुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

जसअन्तर्गत भाजपा नेतृत्वसँग छलफल हुने कार्यक्रमसमेत रहेको छ । साथै, उहाँले भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकसँग भेटघाट गर्नुका साथै अयोध्याको व्यक्तिगत भ्रमण पनि गर्नुहुनेछ ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा, श्रीमती निकिता पौडेल र प्रदीप आचार्य हुनुहुन्छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले अध्यक्ष लमिछानेको उच्चस्तरीय भेटघाट तथा कार्यक्रमलाई सहज बनाउन समन्वय गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.