बिचार

दुई तिहाइको सरकार- बन्धक संसद्

सदनमा पेश गर्नका लागि ४८ वटा विधेयक तम्तयार भएर बस्याछन् । तर विपक्षीहरुले एकपछि अर्को निहुँ खोज्दै सदनमा हङ्गामा मच्चाइरहेका छन । हिजोका दिनमा यिनै विपक्षीहरुले सरकार चलाउँदा आजको सत्तारुढ पाटी यस्तै विनाकारण सदनमा उफ्रियर सदन चलाउन दिएन ।

ऐले त्यसको ठिक विपरित हिजोका विपक्षीहरु दुई तिहाइको सरकारमा छन् । अनि हिजोका सत्ताधारीले त्यै हिजोका दिन सम्झेर बदलाको भावनाले विपक्षीहरु सदन चल्न नदिएर सरकारलाई घुँडा टेकाउने दाउमा छन् ।

दिनहुँ सदनमा भएको अवरोधलाई देखेर सभामुखले अब एकै पटक २५ गतेका लागि मात्रै सदन बोलाएका छन् । बिपक्षीहरु सदन सुचारु गर्न वार्तामा समेत बस्न तयार छैनन् ।

उनीहरु जसरी भए पनि यो सरकार गिराउने र यसलाई काम गर्न नदिने पक्षमा छन् । हिजो सत्तामा बस्दा हिजोका पुराना दलहरुले भष्टाचारको विगविगी चलाएर अकुत सम्पत्रि कमाएका नेतृत्व र नेता कार्यकर्तालाई यो सरकारले कार्वाही गर्छ र नाङ्गै सडकमा कुदाउँछ ।

त्यसैले पनि पाँचै वर्ष सदनमा आतंक र त्रास सृजना गरेर भए पनि सदन चल्न नदिने र बालेन सरकारलाई काम गर्न नदिएर आफ्ना नेता कार्यकर्तालाई पक्राउ गर्न नदिने दाउमा विपक्षीहरु लागिपरेका छन् ।

विपक्षीहरु सहमतिमा आएर सदनमा विधेयक पास गर्न देलान त्यो कतै सम्भावना छैन । त्यसैले अब सभामुखले सदन सन्चालन गर्न लगाउने अनि त्यसमा अबरोध पुर्याए अवरोध पुर्याउनेलाई सदनबाट निलम्बन गर्ने र अगाडि बढने नीति नलिँदासम्म यो अधिवेशन शून्यतामा चल्ने र राष्ट्रको ढुकुटी मात्रै सक्किने अवस्था आउँदैछ । त्यसैले सभामुखले अब दुई तिहाईको बहुमतले गर्नेकाम गर्दै जानुपर्दछ ।

सदनले विधेयक पास गर्दै जान राप्रपाका ज्ञानेन्द्र शाहीलाई प्रतिपक्षको रुपमा साक्षी राख्दै ऐन पास गर्ने नीति लिइयो भने त्यसले सरकारले चाहेको उद्देश्य पूरा हुन सक्दछ । र विपक्षीहरुको सेखी पनि झार्न सकिन्छ ।

त्यसो त राष्ट्रियसभामा ऐलेको सरकार शून्य छ । यसमा तिनै भष्टाचारी दलका बुढाखाडाहरु मात्रै छन् । तर पनि सरकारले यसैपटक पास गर्ने गरी ४८ वटा विधेयकको मसौदा तयार गरिसकेको छ ।

संविधान अनुसार अनिवार्य रुपमा बनाउनुपर्ने कानुनहरु पनि बनाउन नदिन लागिपरेका छन् र संविधानको रक्षार्थ भनेर कुर्लिरहेका छन । पुराना दलहरुबाट संविधानको रक्षा हैन भष्टाचार र भष्टाचारीको मात्रै रक्षा हुन्छ । त्यसैले अब जनता कुनै पनि हालतमा भ्रममा पर्ने छैनन् ।

यी पुराना दलहरु आफूहरु सदनमा अराजकता मच्चाएर ५ वर्ष भत्ता खाएर बिताउने, आफ्ना लठैतहरुलाई सडकमा हत्या, आतंक, कुटपिट र आगजनीमा उतारेर जनतालाई पुरुषार्थ देखाउनमा उद्यत हुने दाउमा छन ।

उनीहरुको एकमात्र ध्येय पुराना ३ दलबाहेक कसैले नि देश चलाउन सक्दैन भन्ने भ्रम जनतामा छरेर फेरि सत्तामा आउन सकिन्छ कि भन्ने हो । तर अब जनता धेरै चेतनशील र बुझ्ने भैसकेका छन् ।

त्यसैले यी पुराना दलले पाँचै वर्ष सदन चल्न नदिएर उत्पात मच्चाएनि र आउने चुनावमा यो सरकारको जति बदख्वाईँ गरेनि यसैलाई स्पष्ट बहुमत दिएर पठाएछि मात्रै देशको राजनैतिक अस्थिरता हट्ने छ भन्ने कुरा जनताले बुझेर काम गरे भने अब देशमा काँग्रेस, एमाले, र भूतपूर्व माओवादीको कुनै अस्तित्व रहने छैन ।

पुराना दलका नेताहरुकै कारण जनतामा तिनीहरुका दलप्रति कुनै विश्वाश रहने छैन । वली, आर्जु र प्रचण्डले नै आफ्नो दलको दाहसंस्कार गरिसकेका छन् । नेताहरुका यस्तै गतिविधिले अब चिताबाट ती दलहरु उठेर आउनसक्ने कतै सम्भावनै छैन ।

त्यसैले हिजो आफूले सदन चल्न नदिन गरेको गल्तीले ऐले आफ्नो पाटीले २ तिहाइ ल्याएर पनि सदन चलाउन नपाउनु र त्यो जाबो हिजो जन्म्या दललेनि कइँ चुनाव जित्छ भनेर हेप्नु र चुनाव जितेर आईसकेपछि पनि दुई तिहाई मतदाताको विश्वासलाई कुठाराघात गर्दै भ्रष्टताको उन्मादमा सदन चल्न नदिनु विपक्षी र सत्ता पक्ष दुबैका लागि घातक छ ।

अझ त्यो भन्दानि घातक देशका लागि छ । थोरैमात्र पनि राजनैतिक नैतिकता र विवेक भए नेताहरुले समय छँदै सोचम् । नेताहरुमा चेतना भया ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.