क्रिकेटखेल

कुशल भुर्तेलको ऐतिहासिक उपलब्धि, टी–२० अन्तर्राष्ट्रियमा तेस्रो शतक

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार शतक प्रहार गरेर  तीन शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

सिंगापुरमा जारी एसियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेटको छनोट चरणमा चीनबिरुद्ध शतक बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाबिरुद्ध शतक प्रहार गरेका हुन् । भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन शतक प्रहार गर्ने पहिलो र एकमात्र नेपाली खेलाडी बनेका छन्।

त्यसै गरी भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० भन्दा बढी छक्का प्रहार गर्ने उपलब्धिसमेत हासिल गरेका छन्। उनले नेपाली क्रिकेटका लागि अर्को महत्त्वपूर्ण कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्।

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको छनोट खेलमा बिहिबार मलेसियाविरुद्ध १२६ रनको उत्कृष्ट शतकीय पारी खेलेपछि भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

हाल उनको नाममा २,२४० रन पुगेको छ। भुर्तेलपछि टी २० कप्तान दीपेन्द्र सिं ऐरीको नाम रहेको छ । ऐरीले हालसम्म २२११ रन बनाएका छन् ।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका भुर्तेलले नेपाली क्रिकेटको उन्नतिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। उनको यो उपलब्धिले नेपाली क्रिकेट समर्थकलाई गौरवान्वित बनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.