जापान

कोरोना भाइरसबिरुद्धको खोपका लागि जापानले ३० करोड डलर दिने

विश्वव्यापी महामारीका रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरसबिरुद्धको खोप विकासका लागि जापानले एक अन्तर्राष्ट्रिय संगठनलाई ३० करोड अमेरिकी डलर सहायता दिने घोषणा गरेको छ । बिहिबार प्रधानमन्त्री शिन्जो आबेले बिहिबार सो घोषणा गर्नुभएको हो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री आबेले भिडियो सन्देशमार्फत यसअघि घोषणा गरिएको १० करोड दडलर सहायतालाई बढाएर ३० करोड बनाइएको बताउनुभएको हो । सो सहयोग राशि विश्वभर स्वास्थ्यसेवाबाट बञ्चित मानिसका लागि खोप उपलब्ध गराउनु हुनेछ ।

गैवी द भ्याक्सिन एलायन्सद्वा कोरोना भाइरससंग लड्नका लागि खोपको विकास तथा अन्य कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसंग अनुदानका लागि गरेको अनुरोधपछि जापानले सो कदम लिएको हो ।

जापानले स्थगित भएको २०२० को टोकियो ओलम्पिक खेल आयोजना सुनिश्चित गर्नका लागि जापानले खोप विकासका लागि पर्याप्त सहयोग दिइरहेको छ । कोरोना भाइरस संक्रमणका कारण ओलम्पिक एक वर्ष पछाडि धकेलिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.