जापान

जापानमा पाल्पाका पाण्डेको उपचारका क्रममा मृत्यु, आर्थिक सहयोगको आव्हान

जापानमा रोजगारीका क्रममा रहेका पाल्पाका ४१ वर्षीय विष्णु पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका पाण्डेको स्थानीय ओयामा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लामो समययता उच्चरक्तचापको विरामी भई औषधी सेवन गर्दै आउनु भएका पाण्डेको मस्तिस्कको शल्यक्रिया पश्चात शनिबार बिहान उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

पाल्पा अर्घेलीका पाण्डे कुक भिसामा जापानको तोचिगी ओयामा शहरमा श्रीमती र छोरी सहित परिवारसंग बस्दै आउनु भएको थियो ।

यसैबीच परिवार स्रोतले दिएको जानकारी अनुसार मृतक शवको आइतबार (२०७८ जेठ २३ गते) बिहान ८ः३० बजे 小山聖苑९おやませいえん323-0042 Tochigi ken Oyama shi Tojo 717-1 मा दाहसंस्कार गरिने भएको छ।

यता मृतक परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले, विदेशमा एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोगी मनहरूलाई आर्थिक सहयोगका लागि ओयामा नेपाली समाजले अनुरोध गरेको छ ।

सहयोगका लागि मृतककी श्रीमतीको नाममा रहेको JP Bank Account Account Number 10730-30195711 パンデ スミトラ मा जम्मा गरिदिन ओयामा नेपाली समाजले अनुरोध गरेको छ ।

त्यसै गरी छबि खरेल (मृतकको आफन्त) 080 4171 3751, NRNA टोचिगी सह-सचिब कपिल न्यौपाने 080-4066-2347, श्याम खड़का 080-4195-6600, भुवन गैरे 090-9809-1440, कैलाश थापा 070-1407-9697 लाई ​गर्न सकिनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.