राजनीति

परराष्ट्रमन्त्री खनाल नयाँदिल्लीमा

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुग्नुभएको छ । शुक्रबार दिउँसो उहाँ भारको राजधानी नयाँ दिल्ली पुग्नुभएको हो ।

भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली पुग्नु भएका मन्त्री खनालले त्यहाँ रहँदा आफ्ना भारतीय समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी हित र चासोका विविध विषयमा विचारविमर्श हुनेछ ।

परराष्ट्रमन्त्रीको यो भ्रमणबाट नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्रमन्त्री खनाल यही जेठ २४ स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.