जापानबिशेष

नेपाल फेस्टिभल २०२६ को स्टल बुकिङ खुला

गैरआवासीय नेपाली संघको मुख्य आयोजनामा हरेक वर्ष जापानमा आयोजना हुँदैआएको नेपाल फेस्टिभलको १५ औं संस्करणका लागि स्टल बुकिङ खुला गरिएको छ ।

आउँदो जुलाई १८, १९ र २० का दिन टोकियोको ओडाइबामा हुने नेपाल फेस्टिभल सहभागी हुन चाहने सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूलाई स्टल बुकिङ खुला गरिएको एनआरएनए जापानले अनुरोध गरेको छ ।

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, उत्पादन तथा सेवाहरूलाई हजारौँ दर्शकमाझ आफ्ना उत्पादन, सेवा प्रस्तुत गर्ने सुनौलो अवसरका रुपमा नेपाल फेस्टिभल रहने गरेको छ ।

एनआरएएनले सीमित स्टल उपलब्ध भएकाले समयमै बुकिङ गर्न अनुरोध गर्दै नेपाली उत्पादन, परिकार, सेवा तथा व्यवसायलाई जापानी तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्ने उत्कृष्ट अवसर नगुमाउन अनुरोध गरेको छ ।

विस्तृत जानकारीका लागि

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.