जल/वातावरण

काठमाडौंमा चारजना र भक्तपुरमा एकजनामा कोरोना संक्रमण- देशभरमा थप ३ सय २३ संक्रमित

शनिबार काठमाडौंमा चारजना र भक्तपुरमा एकजनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस गरी पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितहरुको कुल सङ्ख्या ३२३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिनुभएको हो । त्यसैगरी शनिबार थप ३२ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको सङ्ख्या ३६५ पुगेको छ ।

त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । कुल मृत्यु १३ पुगेको छ । नेपालका ७० जिल्लामा सङ्क्रमण भएको छ । डोल्पा गत जेठ २१ गते राति दुईबजेतिर ५८ वर्षका पुरुषको १६ गते सुर्खेतबाट १८ गते डोल्पा जानुभएको थियो । उहाँ दमको रोगी हुनुहुन्थ्यो । एकजना महिलाको सेती अस्पतालमा मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.