विश्व समाचार

भारतमा बढ्न थाल्यो कोरोना सङ्क्रमण, आज थपिए ४५ सय, नौ जनाको मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । केही दिनयता लगातार बढिरहेको सङ्क्रमितको संख्या सोमबार आइपुग्दा ४ हजार ५ सय नाघेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.