जन सरोकार

एम्बुलेन्समा नेपालबाट भारततिर चरेस तस्करी : तीनजना पक्राउ

लकडाउनका बेला सीमा नाका बन्द भए पनि अत्यावश्यक सवारी साधनका रुपमा प्रयोग हुने एम्बुलेन्स लागूऔषध तस्करीको माध्यम बनेको छ । शनिबार दाङ्गमा एउटा एम्बुलेन्समा लागूऔषधसहित चालक पक्राउ परेका थिए । आइतबार ८ किलो चरेश लोड गरी भारततर्फ लग्ने क्रममा सर्लाहीको मलंगवा नगरपालिकाबाट एम्बुलेन्ससहित तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

सर्लाही प्रहरीले जनाए अनुसार मलंगवा नगरपालिका ८ स्थित झिलमिलीयामाई मन्दिरको बाटो भएर भारततर्फ जाँदै गरेका एक व्यक्तिको साथबाट ८ किलो चरेश बरामद भएपछि सो चरेश एम्बुलेन्समा लोड गरेर भारततर्फ लग्न खोजेको योजना सार्वजनिक भएको हो ।

मलंगवा ८ का रामदुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरिएपछि उनीसँग सोधपुछ गर्दा ज १ च १४०७ नम्बरको एम्बुलेन्स चालक मोहन राय यादव समेतले एम्बुलेन्समा राखी भारततर्फ पुर्‍याउन भन्ने बयान दिएको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

त्यसपछि चालक यादव र उनका सहयोगी नथुनी ठाकुरलाई नियन्त्रणमा लिएर एम्बुलेन्सको तलासी गर्दा १ सय ३५ ग्राम चरेस फेला परेको कुँवरले बताउनुभयो । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ ।

त्यसै गरी सर्लाहीकै धनकौल गाउँपालिका ३ स्थित बागमती नदि छेउबाट पनि लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । बलराबाट राजघाट शंकरपुरतर्फ जादै गरेको ज ४ प २०७४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा वालटेक्स १०० एमएलको २६९ पिस लागूऔषध बरामद भएको कुँवरले बताउनुभयो ।

मोटरसाइकल चालक सिरहाको गोलबजार १ घर भई हाल बागमती नगरपालिका १० शंकरपुर ससुराली बस्ने ३४ वर्षीय सुनिल ठकुरी र पछाडि सवार सर्लाहीको बरहथवा नगरपालिका ५ हाथी डन्डा बस्ने गोविन्द रामक २२ वर्षीय छोरा ईन्दल रामलाई लागूऔषधसहित पक्राउ गरी अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.