रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको पहिलो जिल्ला अधिवेशनबाट युवराज रोकाको सभापतित्वमा कार्यसमिति चयन गरिएको छ ।
शनिबार म्याग्दीमा भएको अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको कार्यसमिति उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी (सुरत) रहनुभएको छ ।
यस्तै, सागरकुमार शर्मा पौडेल, गुनमाया पुर्जा, युवराज सुवेदी, सरोज सुवेदी र पूर्णबहादुर खत्री सदस्यमा चयन हुनुभएको नवनिर्वाचित सचिव शर्माले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै रास्वपा गण्डकी प्रदेश सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य राजन गौतमले सुशासन र सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन वर्तमान सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
“विकास र सुशासनका लागि बाधक विद्यमान ऐन, कानुनहरू संशोधनका लागि सरकारले गृहकार्य गरिरहेको छ । सुशासनयुक्त देश निर्माण भएपछि जनताको बाँकी अपेक्षा पनि पूरा हुनेछन् भन्ने हाम्रो विश्वास छ छ”, उहाँले भन्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्