सिंगापुरमा जारी एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा ओमानले नेपाल सामू जितको लागि ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
सिंगापुरको सिंगा ओभलमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो । ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए भने जुबिर अली अकबरले २२ र अबदुल्जाली खानले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट लिँदा कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्रसिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो । यी दुवै टोलीले भने एसियाली खेलकुदमा भने स्थान बनाइसकेको छन् ।
आजको विजेताले आजै हुने दोस्रो सेमिफाइनल अन्तर्गत मलेसिया र हङकङबीचको विजेतासँग उपाधिको लागि भोलि सोमबार खेल्नेछ ।




प्रतिक्रिया राख्नुहोस्