एन आर एन न्युजजापान
चार्टर उडानका नाममा महंगो शुल्क लिनेहरुलाई कारबाही गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने नाममा विमान चार्टर गरी महंगो शुल्क लिने कार्य गरेको भन्दै आपत्ति जनाएको छ । त्यस्तो कार्य गर्नेलाई तत्काल कानुनी कारबाहीको माग गरेको छ ।
संघका प्रवक्त सिद्धार्थ श्रेष्ठले एक विज्ञप्ति जारी गरी जापानमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन एनआरएनरु जापानमार्फत नेपाली दूताबास मार्फत सरकारलाई पहल गरिएको तर यसको फाइदा उठाउँदै समस्यामा पनि व्यवसाय गर्न खाजेको भन्दै चार्टर विमानको नाममा आफूखुसी भाडा लिने कार्यको निन्दा गरिएको छ ।
विज्ञप्तिमा जापानमा अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउने नाममा केही ट्राभल एजेन्सीहरुले आफूखुसी महंगो भाडादर लिने र थप समस्यामा पार्ने कार्य गर्नेहरुलाई कानुनी कारबाहीमा ल्याउन समेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्