जापान

फुर्वा शेर्पाको नेतृत्वमा फोनिजको नयाँ कार्यसमिति

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) जापानको तेस्रो अधिवेशनबाट फुर्वा शेर्पाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा शशिकला मोक्तान, सचिवमा सजिना मोक्तान, सहसचिवद्धयमा भबिन्द्र कुलुङ राई र शान्तमान शाक्य र कोषाध्यक्ष श्याम मगर चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा इन्द्र लामा, रेशम थामी, राजु गुरुङ, सबिन थापा मगर र स्मृति मोक्तान छन् ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा प्रमुख अतिथीमा फोनिजका केन्द्रीय अध्यक्ष डन्ड गुरुङ, विशेष अतिथि अतिथी उप–राष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका फोनिजका महासचिव मनोज घर्ती मगर लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ सस्थाका अध्यक्षहरुले शुभकामना ब्यक्त गर्दै फोनिजको स्थापना र यसले खेलेको भूमिका र जिम्मेवारी निभाउदै समुदाय र सस्थाको हितका लागि सदैव क्रियाशिल भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.