जापान

जापानी कम्पनीले बनाएको औषधिले पायो स्वीकृति

'एडुकानुमाब' नाम दिइएको अल्जाइमरको सो औषधि १८ वर्षपछि बनेको पहिलो

मस्तिष्क रोग अल्जाइमरका बिरामीलाई उपयोगी हुने नयाँ औषधिलाई अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)ले स्वीकृति दिएको छ । ‘एडुकानुमाब’ नाम दिइएको सो औषधि १८ वर्षपछि बनेको पहिलो औषधि हो ।

जापानी कम्पनी एइसाई र अमेरिकी कम्पनी बायोजेनले विकसित गरेको यो औषधि मनोभ्रंशका लक्षणलाई मात्र नभएर रोग प्रतिरोधी पहिलो औषधि रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

उता एफडीएका अधिकारीहरुका अनुसार परीक्षणपछि रोगबाट निको हुने विषयमा केही अनिश्चियहरु अगाडि आएको र अर्को एक परीक्षण गर्नुपर्ने र यसका लागि वर्षौ लाग्नसक्छ ।

यद्यपि यसबीचमा बिरामीहरुले यो औषधि सेवन गर्नसक्ने बताइएको छ । स्मरण रहोस् अमेरिकामा ६० लाखभन्दा बढी अल्जाइमरका बिरामी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.