आजको राशिफल – २०८३ जेठ २५ गते सोमबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि दिलाउन सक्छ। सामाजिक काममा पछि परिनेछ। अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि रोकिन सक्छन्। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशाले भएको वस्तुसमेत गुम्न सक्छ। कामको चापले पनि केही तनाव बढाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
आराम तथा मनोरञ्जनको समय छ। प्रियजनसँग दिन रमाइलो गरि बित्नेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। उद्याेग तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
परिवारमा असमझदारी देखिएला। साथीभाइले साथ नदिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइएला। साझेदारीमा देखिने समस्याले सम्झौता भंग हुन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्नेछ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। वादविवादले अधिकार कटौती गराउने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सोखले खर्च बढाउनेछ र काममा केही उल्झन आउन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ। सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइनेछ तर अद्यावधिक ज्ञान अभावले काममा पछि परिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। सापटी दिने बानीले पनि समस्या निम्त्याउनेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
(नेपाली पात्रो)

प्रतिक्रिया राख्नुहोस्