बिचार

घुयँत्रो- “स्वर्णिम सपना कि स्वर्णिम संकट ?”

विवाईडी गाडी आयातकर्ता साइमेक्स ईङ्क कम्पनीले ७७५ वटा गाडक्ष् रातारात नेपाल भित्र्याएर सरकारलाई करोडौँ रुपियाँको ट्याक्स ठग्यो भन्छन त कुरो के हो ? पैलेका भ्रष्ट दलहरुले त दलालहरु लाएर ठगक्ष् गर्थे गर्थे तर यो नयाँनौलो दूधले नुहाएको पाटिले नि कसरी त्यस्तो हुन्द्यो के !?

१५ गतेको बजेट भाषणाँ ईभी गाडक्ष्को कर बढने निश्चित भएछि रातारात दलालहरु गाडी ल्याउन सक्रिय भएर भन्सारका कर्मचारीको मिलोमतोमा भित्र्याउने खेल भो भन्ने बजार हल्लाले ऐले राजनीतिक माहोललाई तताएर उधुमैछ त ! प्रधानमन्त्रीले भन्सारका नौजना कर्मचारीलाई समेत कार्वाही गरेछि ती कर्मचारी विभागाँ हाँजिर लाएर बस्या छन् भन्छन ।

त्यति मात्रै हो र चीनतिराट रातारात ७ सय पचहत्तर गाडी नेपाल भित्रिएछि ससस्त्र प्रहरीले सोधखोज गरेर नियन्त्रणमा लिएछि ऐले आयात कम्पनी आफ्ना पहुँचका हात लामा गराउँदै सरकारलाई “यी गाडी पैलै आयात गर्या हुन् नपत्याए हेर” भनेर कागजपत्र देखाउँदै आफुले गल्ती नगरेको अडान लिएर बसिरहेको छ ।

उता सूचना चुहावट गरेकोमा प्रधानमन्त्रीको शंकाको सुई अर्थ मन्त्रालयमा बजेट बनाउन बसेका कर्मचारी र अर्थमन्त्रीतिरै सोझिया छ भन्ने हल्लाले अब अर्थमन्त्रीका स्वर्णिम सपना चकनाचुर हुने भए भनेर विपक्षि दलहरु नि हर्ष बडाईँ गर्दैछन् ।

हेरम् प्रधानमन्त्रीले घटनाको छानबिन गर्न सशस्त्र, नेपाल प्रहरी र अर्थ मन्त्रालयको कर्मचारी संलग्न छानविन समिति बनाछ भन्ने सुनिदैछ । त्यो समितिको जाँच पडतालले सूचना चुहावट गराउनमा स्वयं मन्त्री नै सामेल छन् कि “नानीदेखि लाग्या बानी” भनेझैँ हिजैदेखि त्यस्तो धन्दा गर्दै रातारात करोडपति बन्दै आका कर्मचारीको खेल सामेल छ ? समितिले केही न केही निर्णय त ल्याउला नि !

तराईमा नियन्त्रणमा ल्या मोवाइल र स्मार्ट वाचलाई मन्त्री, सिडियो र पुलिसको हाकिमले पानीमा डुवाएर नष्ट गर्ने निर्णय गरेझैँ यो समितिले नि गाडी नै फुटालेर ध्वस्त पार्ने निर्णय गर्ने हो कि !

रातारात गाडी आयात गराउने धन्दामा अर्थ मन्त्रालयाँ काम गर्ने उनै हिजका एमाले काँग्रेसका कर्मचारी नै संलग्न छन् केही न केही प्रतिवेदन त छानविन समितिले देलानि ।

मन्त्रालयमा कार्यरत कर्मचारी उनै हुन्, सूचना च्वाएनन भन्ने ग्यारेन्टी त छैन । हिजोदेखि अर्थ मन्त्रालय निलेर बसेका मान्छे छन् त्याँ अनि त्यस्तोमा ऐल्या सरकारले सोच्याजस्तो इमानदार कर्मचारी काँ पाइन्छन् के ? रातारात गाडी आयात गर्न निश्चय पनि अर्थ र भन्सारका कर्मचारीसितको मिलोमतो बिना सम्भबै छैन ।

त्यसैले सूचना चुहाएर गाडी आयात गर्न जजस्को मिलोमतो देखिन्छ उनीहरुलाई सख्त कडाभन्दा कडा कार्वाही गरी गाडी आयातकर्ता कम्पनीबाट बिगोको डबल दस्तुर अशुलउपर गरिनुपर्छ भने कर्मचारीलाई तत्काल जागिरबाट बर्खास्त गरिनुपर्छ । यस्तो सख्त कार्वाही गरिएन भने फेरि पनि सरकारी कर्मचारीहरु पुनः त्यस्तै घटना दोहोर्याउन सक्दछन ।

तर, कर्मचारीको ठाउँमा अर्थमन्त्रीले सूचना च्वाको भेटियो भने सरकारले उनलाई कार्वाही गर्ला कि नगर्ला ? गरे कस्तो कार्वाहि गर्ला ?? यो भने निकै कौतुहलताको विषय बन्याछ ।

ऐले सरकारले जहाँजहाँ सुधार र सुशासनका कामहरु गर्न थालेको छ त्यहाँ पैलै मन्त्रीबाट बदमासी गरेर आफ्नै श्रीमतीलाई जागिर खुवाउने धन्दा गरेछि मन्त्री निकाल्या उदाहरण नि छन छन त ।

तर पनि अर्थमन्त्रीको बदमासी भेटियो र उनलाई निकाल्न पर्ने परिस्थिति आइपर्यो भने बालेनले कसरी निर्णय गर्लान ? किनभने ऐलेका मन्त्री भरिमा सबैभन्दा काविल र म्याच्युर मन्त्री तिनै मानिन्छन ।

त्यसै त बालेनका निर्णय त्यसै पनि विवादित हुँदै गा’छन त्यसाँनि साँच्चिकै स्वर्णणिम पनि जोडिएरै आएर प्रधानमन्त्रीले दाहिने बायाँ नहेरेर आँखा चिम्म गरेर अर्थमन्त्रीलाई निकाले भने त साँच्चिकै देशाँ उथलपुथलै हुन्छ होला हैन त ?

त्यसै त घण्टीहरु अहिले नै विरोधीहरुलाई खाम्लाझैँ गरेर हेर्छन । अँझ भएन भनेर यै गाडी आयातको धन्दालाई लिएर विपक्षीहरु सडकाँ आउन थाले भने त देश फेरि उइ जेनजी आन्दोलनको जस्तो अवस्थाँ पुग्न नि सक्छ ।

त्यसैले सरकार पाइला अगाडि बढाउँदा होस गरेर बढाए है । के भन्न सकिन्छ र हिजो वलीले पनि त दुवै दिनाँ मेरो सत्ता ढल्ला भन्ने काँ सोच्या हुँदा हुन र ? आखिर त्यो सरकार पनि त दुईतिहाईकै थियो हैन र ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.