जन सरोकार

पुरानो नक्सा राखेर छापिएका पुस्तक जफ्त गरी कारबाही गर्न निर्देशन

नेपालले भारत अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्मिलित आधिकारिक नक्सा सार्वजनिक गरी प्रचलनमा ल्याए पनि केही प्रकाशनहरुले पाठ्यपुस्तकमा पुरानै नक्सा छापेर विक्री वितरण गरेपछि ती पुस्तक तत्काल जफ्त गर्न निर्देशन दिइएको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठले केन्द्रलाई अनुगमन गर्न र देशको प्रतिष्ठामा आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिंदै यस विषयमा तत्काल अनुगमन गर्ने र गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.