स्वास्थ्य

केन्द्रले नसके प्रदेशलाई खोप खरीदको अनुमति दिन माग

प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरीदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरीदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले सङ्घीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गर्नुभयो । मन्त्री राईले भन्नुभयो, ‘‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’’

कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले आवश्यक तयारी गर्न आवश्यक देखिएको मन्त्री राईले कोरोना सङ्क्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको कुरामा जोड दिनुभयो । प्रदेशका दुर्गम स्थानमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उहाँले प्रष्ट पार्दै सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी दिँदै भन्नुभयो,‘‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं ।’’

सबै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एचडियू, आइसियू, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुनेछ ।’’ मन्त्री राईले विपत्र नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपत्र स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.