जन सरोकार
एक सय एक वर्षको उमेरमा पूर्वमहालेखा परीक्षक अधिकारीको निधन
पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको निधन भएको छ । बिहिबार विहान १०१ वर्षका उमेरमा लैनचौरस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो ।

निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि हुनुभएको थियो ।
उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्