राजनीति

नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सांसदहरु डा पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राख्नुभएको थियो ।

अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.