राजनीति

अमृतबहादुर राई राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा निर्वाचित

संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समिति (दोस्रो)को अध्यक्षमा नेपाल सर्वसम्मत रुपमा निर्वाचित भएको छ । नेपालका तर्फबाट राष्ट्रसङ्घका स्थायी प्रतिनिधि रहनु भएका अमृतबहादुर राई सो पदमा निर्वाचित हुनुभएको हो ।

परराष्ट्र मन्त्रालयका सहसचिव निर्मल काफ्लेले अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको महासभाको ७५ औँ सत्र अन्तर्गत भएको निर्वाचनमा उहाँ आर्थिक तथा वित्तीय समितिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । बिहीबार भएको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालका सूचना अधिकारी सुरेश अधिकारीका अनुसार नेपालले पाएको यो अवसर सिङ्गो नेपालको लागि गौरवको विषय रहेको र राष्ट्रसङ्घका छ वटा समितिमध्येको एक भएकाले यसको भूमिका महत्वपूर्ण हुने र यसको कार्यकाल एक वर्षका हुने बताउनुभयो । यसले विशेष गरी विश्वको समग्र अन्तर्राष्ट्रिय विकाससँग जोडिएका विविध गतिविधिसँग सम्बन्धित रहेर काम गर्छ ।

संयुक्त राष्ट्रसङ्घस्थित नेपाली नियोगले जारी गरेको वक्तव्य अनुसार यस समितिले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि आर्थिक सहयोग, भूमण्डलीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि आईसीटी, मौसम परिवर्तन, प्रकोपजस्ता वैश्विक वित्तीय र आर्थिक मामिलासम्बन्धी काम गर्छ । विकासशील, अतिकम विकसित तथा साना टापु राष्ट्रजस्ता देशहहरूले सामना गरिरहेका विकासका विभिन्न मुद्दाहरूमा पनि यसले काम गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.