एन आर एन न्युजजापान

दिलिप शर्माको नेतृत्वमा एनआरएनए कान्साई क्षेत्रीय समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्षेत्रीय कार्यसमिति कान्साईको अधिवेशन दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

शुक्रबार भएको ८ औँ अधिवशनको शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने निर्वाचन कमिटी कान्साईद्वारा प्रकाशित अन्तिम नामावलीमा उल्लेख गरिए पनि अधिवशनको अन्तिम घडीमा आएर संयोजकका प्रत्यासी नरबहादुर थापा उपसंयोजकमा बस्न तयार भएपछि संयोजकमा दिलिप शर्मा सर्वसम्मत हुनुभएको हो ।

त्यसै गरी उपसंयोजकका तीन प्रत्यासीले सहमति गर्दै आफ्नो नाम फिर्ता लिएपछि कान्साई क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन हुन सफल भएको हो ।

अधिबेशनले उपसंयोजकमा दिल्लीप्रसाद सापकोटा (बिष्णु) नर बहादुर थापा, महिला उपसंयोजकमा बिन्दु ढकाल, सचिवमा तेज प्रकाश गुरुङ्ग, सहसचिवमा लक्षमण गैरे र विकास अधिकारी, कोषाध्यक्षमा डेनिश पुन र सहकोषाध्यक्षमा तिलक के.सी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा शंकर भुषाल, सुरज जिसी, टिआर गौडेल, अशोक गुरुङ्ग, महिला सदस्यमा सिमला केसी र सदस्य बिद्यार्थीमा संजय कार्की निर्बिंरोध निर्वाचित भएका छन् ।

अधिवेशनमा एनआरएन कान्साईले आफ्नो स्थापनाकालदेखि हालसम्मका गतिविधिहरुका साथै ज्ञानवद्र्धक लेख र जानकारीहरु समेट्दै प्रकान गरिएको स्मारिकाको विमोचन समेत गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.