राजनीति

गृहमन्त्रीद्वारा बालाजुस्थित ‘होल्डिङ सेन्टर’को अवलोकन

गृहमन्त्री सुधन गुरुङले बालाजुस्थित सुकुम्बासी राखिएका ‘होल्डिङ सेन्टर’को बिहीबार अवलोकन गर्नुभएको छ । त्यसक्रममा गृहमन्त्री गुरुङले त्यहाँ बसोबास गरिरहेका सुकुम्बासी परिवारसँग विगतमा भएका कमजोरीप्रति माफी माग्नुभयो ।

सुकुम्बासी परिवारको उचित व्यवस्थापनप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले व्यवस्थापनका क्रममा कुनै कमीकमजोरी भएको भए क्षमा गरिदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले कुनै पनि हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ, अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ ।”

सो क्रममा सुकुम्बासी परिवारले गृहमन्त्री गुरुङ समक्ष होल्डिङ सेन्टरमा बसोबास सहज भए पनि बालबालिकाको शिक्षादीक्षामा अप्ठयारो भोग्नु परेको गुनासो गरेका थिए ।

उनीहरुको गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि प्रहरी टोली खटाउन निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा गृहमन्त्री गुरुङले होल्डिङ सेन्टरको निरन्तर अद्यावधिक विवरण राख्न र कुनै पनि समस्या आउना साथ तुरुन्तै समाधान गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.