जापान
तमु धिं जापानले आउँदो आइतबार बार्बीक्यू गर्दै
जपानबासी तमु समुदायहरुको साझा संस्था तमु धिं जापानले यही जुन १४, आइतबार बार्बीक्यूको आयोजना गर्ने भएको छ ।
जापानबासी नेपालीहरुबीच हातेमालो गर्दै भाइचारा बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको धमु धिंले जनाएको छ ।
टोकियोस्थित ओटा-कु तोकाई (तोकाइ पोर्ट पार्क)मा आयोजना हुने कार्यक्रम विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आयोजना हुनेछ ।
साथ, सद्भाव र स्वादको उत्सव नारा दिइएको कार्यक्रमको उद्देश्य हातेमालो रमाइलो र आपसमा स्मरणीय समय व्यतित गर्ने रहेको छ ।
जापानको व्यस्त समयमा विदाको एकदिन आपसमा जमघट गरी सुख, दुःख साटासाट गर्दै मित्रता बढाउने लक्ष्य लिइएको यो कार्यक्रममा उपस्थित हुन सम्पूर्ण जापानबासी नेपालीमा तमु धिं जापानले अनुरोध गरेको छ ।
(टोकियोबाट दीपक पौडेलको सहयोगमा)




प्रतिक्रिया राख्नुहोस्