गण्डकीप्रदेश

मुख्यमन्त्रीसंगै दीपक मनाङेसहित मन्त्रीहरुको शपथग्रहण

पाँच मन्त्रीहरुले शपथ ग्रहण गरे पनि मन्त्रालयको बाँडफाँड भने गरिएको छैन

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गर्नुभएको छ । शनिबार राति प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री पोखरेलसहित मन्त्रीहरुलाई एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथ लिनेमा मुख्यमन्त्रीसहित मन्त्रीहरुमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् । मन्त्रीहरुको शपथ भए पनि मन्त्रालयको बाँडफाँड भने गरिएको छैन ।

गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसैबीच गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुखसीता कुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले टेलिफोन गरी बधाई ज्ञापन गर्नुभएको उहाँका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.