पोखराकी सुजिताको जापानमा सडक दुर्घटनामा परी निधन
छ महिनाअघि डिपेन्डेन्ट भिषामा जापान आएकी एक नेपाली युवतीको सुजिता बाँस्तोलाको सडक दुर्घटनामा परी मृत्यु भएको दुःखद खबर छ। जापानमा रहेका सुजिताका गाऊँले साइतामा निवासी सूर्यप्रसाद बाँस्तोलाले दिएको जानकारी अनुसार मिए केनको योक्काइचिमा आइतबार विहान गाडीको ठक्करबाट मृत्यु भएको हो । उनी श्रीमानका साथमा बस्दैआएकी थिईन ।
कास्की पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका-१६ की बास्तोलाको निधनपछि उनका श्रीमान सुनिल आचार्य बेहोस भएका छन् ।
श्रेष्ठले मृतक बाँस्तोलाको शव व्यवस्थापनका सहयोगको काम सुरु भएको र परिवारसंग सल्लाह गरी थप कदम चाल्ने बताउनुभएको छ । श्रेष्ठले महामारीको अवस्थामा दुखद घटनाले कास्कि समाज थप दुःखी बनेको बताउनु भयो । स्मारण रहोस एकवर्ष अघि ममता तामाङको पनि सोही स्थानमा दुर्घटनामा परी मृत्यु भएको थियो ।
नेपालजापान डटकम शोकको यस घडीमा गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछ ।