जल/वातावरण

लकडाउन खुकुलो भएकै दिन काठमाडौं उपत्यकामा भेटिए ५ जना संक्रमित

सरकारले असार १ गतेदेखि कार्यालय, यातायात तथा व्यापार व्यवसाय खोल्ने निर्णय गरेसंगै आम जनमानसमा एक किसिमको खुसी उत्पन्न भए पनि संगसंगै कोरोना संक्रमण हुने त्रास बढेको छ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित फेला नपरे पनि सोमबार एकैपटक ५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिला रहेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको उहाँले जानकारी ीदनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.