जापान

सुगा नेतृत्व सरकारबिरुद्धको अविश्वास प्रस्ताव असफल

जापानको चार विपक्षी राजनीतिक दलले सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी कदम चाल्नुको साटो एकपछि अर्को गल्ती गर्दै गएको भन्दै तल्लो सदनमा अविश्वास प्रस्ताव पेश गरे पनि त्यो सफल भएन ।

चालू संसद अधिवेशन सकिनु एकदिन अघि मंगलबार विपक्षी दलहरुले सरकारको कडा बिरोध गर्दै अविश्वास प्रस्ताव ल्याए पनि पास हुन सकेन । सत्तारुढ गठबन्धन र अन्य सांसदहरुले विपक्षीको प्रस्ताव असफल गरिदिएका हुन् ।

कन्स्टिच्यूशनल डेमोक्रेटिक पार्टी र अन्य तीन दलले मंगलबार विहान सरकारबिरुद्ध अविश्वास प्रस्ताव पेश गरेका थिए । उनीहरुले कोभिड १९ बिरुद्धको अभियानमा एकपछि अर्को गल्ती गरेकाले आम जनता लेसंकटको सामना गर्नु परेको आरोप लगाएका छन् ।

त्यसै गरी विपक्षी दलहरुले टोकियो ओलम्पिक र पारा ओलम्पिक खेल आयोजनासंग जोडिएको जोखिम न्यूनिकरणको उपायहरुको समग्र जानकारी नदिइकनै खेल आयोजनाको तयारी अघि बढाएकोमाा असन्तुष्टि जनाएका छन् ।

त्यसै गरी उनीहरुले कोरोना भाइरससंग सम्बन्धित समस्याहरुको निराकणका लागि संसदको चालू अधिवेशन अर्को तीन महिनासम्म जारी राख्न माग गरेका भए पनि सत्तारुढ गठबन्धनले त्यसलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button