विश्व समाचार

चीनमा कोरोनाको दोस्रो लहरको खतरा- बेइजिङका स्कूल, खेल र मनोरन्जन केन्द्र बन्द

कोरोना भाइरसको उदगमस्थल चीनले कोरोनामुक्त भएको घोषणा गरे पनि संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेको छ । पछिल्लो समय राजधानी बेइजिङमा संक्रमित बढेपछि विद्यालय, खेल र मनोरन्जन केन्द्र बन्द गरिएको छ भने ठाउँ–ठाउँमा सुरक्षा चेक पोष्ट राखिएको छ ।

त्यस्तै सरकारले बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको छ । सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्नेहरुको शरीरको तापक्रम जाँच्न थालिएको छ । चिनीया संचारमे माध्यमले राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको टिप्पणी गर्दै धेरै क्षेत्रहरुले बेइजिङको यात्राका लागि सतर्कता बढाएका र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको जनाका छन ।

कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको थियो । सिन्फाडी भनिने सो होलसेल मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए । यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ ।

सिन्फाडी भनिने सो होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेपछि सावधानीका कडा उपाय उपनाउन थालिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.