जल/वातावरण

गुल्मीमा आठ महिने शिशुसहित थप १० जना र अर्घाखाँचीमा तीनजनामा कोरोना संक्रमण

बुधबार विहान गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी अर्घाखाँचीका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सममाचार अनुसार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा गुल्मीको रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवति गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परिक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

अर्घाआँचीका तीनजााको चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । २७ र १८ वर्षका पुरुषहरु भूमिकास्थान नगरपालिकाका र १९ वर्षीय पुरुष मालारानी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.