जापान

जापानबाट नेपाल फर्कनेहरुले अध्यागमन ब्यूरोबाट अनुमति लिन दूताबासको अनुरोध

कोरोना भाइरस संक्रमणका कारण नेपाल फर्कन नपाएर जापानमै रहेका नेपालीहरुले नेपाल फर्कनका लागि त्यहाँको अध्यागमन ब्यूरोमा सम्पर्क गरी अनुमति लिन टोकियोस्थित नेपाली दूताबासले सूचित गरेको छ ।

दूताबासले बुधबार एक विज्ञप्ति जारी गरी जापानको अध्यागमन सर्भिस एजेन्सीले भिसा मिति सकिएका वा नवीकरण नभएका तथा ओभर स्टे तथगा अन्य कारणले जापानमा रहेका नेपालीहरु नेपाल पर्कन सूचना गरेका नेपालीहरुले २० जुनको चार्टर उडानबाट नेपाल जान लगेको बताएको छ ।

यसरी नेपाल जान चाहनेहरुले १९ जुनको विहान ९ बजेभित्र जापानको अध्यागमन ब्यरोहरुमा सम्पर्क गरी त्यस्ता व्यक्तिहरुले नेपाल फर्कने अनुमति लिन अनुरोध गरिएको छ ।

दूताबासका अनुसार यस्तो प्रक्रिया अध्यागमन कार्यालयहरुले नगर्ने भएकाले तल उल्लेखित ब्यूरोहरुमा मात्र सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यसै गरी दूताबासले नेपाल फर्ककाा लागि प्रथम प्रकाशित सूचीमा नाम प्रकाशित भएका नेपालीहरुले यथाशीघ्र हवाई टिकट खरीद गर्न अनुरोध गरेको छ ।

कहाँ कहाँ सापर्क गर्ने हेर्नुहोस् यो विज्ञप्ति


सम्बन्धित खबर

Back to top button