फोटो फिचर

तहसनहस मेलम्ची बजार (तस्वीरहरु)

बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता

मंगलबार साँझ इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस भयो । बाढीका कारण अहिलेसम्मको विवरणमा ३१ जना बेपत्ता भएका छन् ।

अर्बौंको भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार १६ जना बेपत्ता भएको पुष्टि भएको छ भने एक पुरुषको शव फेला परेको छ । अन्य १५ जना अझै बेपत्ता छन् ।

जिल्लामा व्यवस्थापन र उद्धारका लागि नेपाली सेनाको तिनवटा हेलिकोप्टर प्रयोगमा आएका छन् । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.