राजनीति

२० जनाको कोरोनाबाट मृत्यु भएको हैन, डब्लुएचओको निर्देशनले गर्दा संख्या धेरै भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझसम्म पुष्टि गरिएको २० जनाकै मृत्यु कोरोनाबाट नभएको र २, ३ जनाको मात्र कोरोनाबाट मृत्यु भए पनि विश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेकाले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ठूलो रहेको बताउनुभएको ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा २० जनामध्ये दुई तीन जनाको मात्र कोरोनाबाट मृत्यु भएको बताउँदै अहिलेसम्म मृत्यु भएका २० जनाको कोरोनाकै कारण मृत्यु नभएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीको तर्क थियो कोरोनाबाटै मृत्यु भएको दुई तीन वटा केस हुनसक्छ। बाँकीको भने अन्य कारणले मृत्यु भएको हो तर पछि कोरोनाले छोएको अवस्था हो । उपचार विधि र नेपालीहरूको प्रतिरोधात्मक क्षमताका कारण निधन हुनेको संख्या धेरै कम रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वको धेरै देशको तुलनमा नेपालमा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको जनाउँदै भन्नुभयो प्रति १० लाखमा मृत्युदर ०.७ प्रतिशत छ । यो संसारको धेरै देशको भन्दा एकदम न्यून हो ।

सम्बन्धित खबर

Back to top button