जन सरोकार

असुरक्षित बसाईमा सीमा सुरक्षाकर्मी : स्थानीय तहबाट आवास निर्माण शुरु

बर्दियाका स्थानीय तहले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण शुरु गरेका छन् । सोअनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा रु १० लाखमा आवासीय भवनको निर्माण शुरु गरेको छ ।

सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले असुरक्षित रुपमा सुरक्षाको काम गर्दै आएका छन् । उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो ।

बर्दियाका सबै पालिका मिलेर सीमामा आवासगृह बनाउने निर्णय भए पनि हालसम्म बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र बनाउन शुरु गरेका छन् । बर्दियाका सीमामा आवतजावत रोक्नका लागि बनाइएका जाँचचौकी पाल र त्रिपालबाट बनेका छन् । सर्पको बिगबिगी, हावाहुरी र वर्षात्बाट पालको बसाइ निकै असुरक्षित रहेको छ ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित आवासका लागि भवन निर्माणमा स्थानीय तहले सहयोग गरेको सशस्त्र प्रहरी ३१ नम्बर बाहिनीका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.