स्वास्थ्य
कोरोना संक्रमणको दर निरन्तर घट्दै
नेपालमा कोरोना संक्रमणको दर निरन्तर घट्दै गएको छ । शुक्रबार विगत २४ घण्टाको अवधिमा ४ हजार २० जना संक्रमणमुक्त भएका छन् भने २ हजार ७ सय ६८ जना संक्रमित थपिएका छन् । यसै अवधिमा संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ५ गरी २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ भने योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९ हजार ६२४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबारसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्