जल/वातावरण
डाक्टरसहित ५ जनामा कोरोना संक्रमणपछि अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द
पर्वत अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकाहरुको उपचारमा संलग्न दुई डाक्टरसहित पाँचजना स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि सो अस्पताल आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा बन्द भएको जनाएको छ ।
कोरोना अस्पतालमा कार्यरत सातजनाको नमूना परीक्षण गरिएकामा पाँचजनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका ३८ जनामा कोरानो सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये आठजना बिहीवार निको भएर घर फर्किएका छन् ।