जन सरोकार

उपत्यकामा ‘स्मार्ट लकडाउन’को योजना, अन्तिम निर्णय बाँकी

असार ७ गते मध्यरातमा पछिल्लो समय थपिएको निषेधाज्ञाको अवधि समाप्त हुनुअघि राजधानीमा निषेधाज्ञाको नयाँ व्याख्या र व्यवस्थापनसहित नयाँ तरिका अपनाउने तयारी सुरु भएको छ ।

स्थानीय प्रशासनले थप केही प्रावधानलाई खुकुलो बनाउँदै उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी गरेको छ । बुधबार कोभिड–१९ निर्देशक समितिको बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

नयाँ प्रावधान अनुसार पसलहरु चरण चरण गरेर संचालन गर्ने र यातायातलाई जोर बिजोर गरेर संचालन गर्ने चर्चा भए पनि टुंगो लागिसकेको छैन । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन ।

सीसीएमसीका एक अधिकारीले जनजीवनलाई सहज बनाउँदै वैज्ञानिक लकडाउन गर्न भनेको र सीसीएमसीले ‘लकडाउन’ शब्द प्रयोग गरेको भए पनि यो हाल रहेको निषेधाज्ञालाई नै व्यवस्थित गर्ने विषय भएको बताएका छन् ।

सीसीएमसीले संक्रमण धेरै देखिएका क्षेत्रलाई मात्र सिल गरेर परीक्षण र कन्ट्रयाक ट्रेसिङलाई बढाउने प्रावधान ‘स्मार्ट लकडाउन’को प्रावधानमा राख्ने तयारी छ । यसको मोडालिटीमा स्वास्थ्य मापदण्ड पालना गराएर आर्थिक गतिविधिलाई अगाडि बढाउने विषय छ ।

गत वर्ष लकडाउन खुकुलो पार्दै जाँदा प्रशासनले जोर–बिजोर प्रणालीमा सवारी साधन चल्न दिएको थियो । यद्यपि, त्यसो गर्दा भीड ह्वात्तै बढेको थियो । यसपालि चाहिं सवारीसाधनको अन्तिम नम्बरको आधारमा बार तोकेर निजी सवारी साधन चलाउन दिने कि भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

यी विषयमा आइतबार र सोमबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर टुंगो लगाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.