प्रदेश

कोरोनाका विरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्छ भन्नुभयो ।

उहाँले कोरोनाले पारेको असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नो तर्फबाट लाग्नुपर्ने र यस विरुद्धको लडाइँमा सामूहिक सचेतता आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा उहाँलाई रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल, १० हजार ब्रुसर लगायतका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा रोटरी क्लब अफ डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लबले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामग्री र राहत उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।

रोटरी क्लब अफ इन्टरनेशनले असारको दोस्रो हप्ताभित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.