एन आर एन न्युजजापान

एनआरएनए जापान चिवा क्षेत्रमा मुक्तिराज रेग्मी चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको नयाँ संयोजकमा मुक्तिराज रेग्मी सर्वसम्मत चयन भएका छन्।

आईतबार चिवाको फुनावासीमा भएको दोश्रो अधिवेशनले नयाँ कार्यकाल २०२१(२३ का लागि रेग्मीलाई संयोजकमा चुनेको हो। यस्तै नवगठित कार्यसमितिको उपसंयोजकमा सुरज राई र राजन भट्टराई पनि सर्वसम्मत रहे। राईले उपसंयोजकमा पुन दोहोर्याएका हुन।

यस्तै गरी समितिको नयाँ सचिवमा शंकर सुवेदी, सहसचिवमा रमेश गिरी, कोषाध्यक्षमा समिर खडका, सहकोषाध्यक्षमा टेकराज सोम थापा सर्वसम्मत रहे । चारजनाको खुल्ला सदस्य पदमा खगेन्द्र भट्ट, मोहन कार्की, यामलाल कँडेल तथा विक्रम गुरुङ चयन भए ।

विजयी पदाधिकारीहरुलाई एनआरएनए जापानका कार्यवाहक अध्यक्ष अनिता गुरुङले कार्यकाल सफलताको शुभकामना दिदै पदतथा गोपनियताको सपथ गराउनु भएको थियो। भने एनआरएनए क्षेत्रीय उपाध्यक्ष दीपक कार्कीले बधाईसंगै समाजिक उत्तरदायित्व निभाएर काम गर्न सुझाव दिनुभएको थियो।

निवर्तमान संयोजक विश्व सुवेदी नयाँ पदाधिकारीले संस्थाको निति तथा नियममा रहेर काम गर्न सुझाव समेत दिनुभएको थियो। चयन भएका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक रामकृष्णबम मल्लले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

आईसीसीले एक साताभित्र एनसीसी जापानसंग छलफल गर्ने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानमा रहेको आर्थिक हिनामिनता तथा अध्यक्षलाई गरिएको निलम्वन सम्वन्धमा आईसीसीले यसैसाता वैठक गर्ने भएको छ।

चिवा क्षेत्रीय समितिको उदघाटन समारोहलाई सम्वोधन गर्दै आईसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठले एनसीसी जापानको विवाद सम्बन्धमा यसैसाताबाट बैठक सुरु गर्ने जनाउनु भयो। समारोहमा एनआरएनए जापानका पदाधिकारीहरुले संस्थाको कार्यशैली तथा आर्थिक विषयमा अन्यौल हुदाँ आमजनमानसमा संस्थाप्रति गलत संन्देश भएको भन्दै तत्काल समस्या समाधानका लागि आईसीसीसंग माग गरे।

समारोहमा एनआरएनए जापान कार्यवाहक अध्यक्ष अनिता गुरुङ, महासचिव जनकविक्रम शाही, क्षेत्रीय उपाध्यक्ष दीपक कार्की, युवा उपाध्यक्ष नवीन निउरे, निवर्तमान उपाध्यक्ष शिव पौडेल, कोषाध्यक्ष कालिका थापा, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष संजीव राई, एनआरएनए जापान क्षेत्रीय सचिव बिकास बस्नेत, महिला संयोजक संगीता अधिकारी, पत्रकार महासंघ जापानका सदस्य दीपक गौतम लगायतले व्यक्ति गलत भएपनि संस्थालाई बदनाम गर्न नहुने तर्क राखेका थिए।

समारोहमा तोचिगी क्षेत्रका नवनिर्वाचित संयोजक मन्दीप क्षेत्री, नागोयाका संयोजक मनोजबम मल्ल लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button